images
images

अध्यागमनको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दशैंमा एक दिन मात्र बन्द हुने

अध्यागमनको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दशैंमा एक दिन मात्र बन्द हुने

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • अध्यागमनको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दशैंमा एक दिन मात्र बन्द हुने

    काठमाडौँ / दशैंको टिकाको दिनबाहेक अध्यागमन विभागमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुलै रहने भएको छ । विभागले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

    images
    images

    विभागकाअनुसार सार्वजनिक बिदामध्ये टिकाको दिन अर्थात ७ कात्तिकका दिन भने यी शाखा समेत बन्द रहने भएका छन् ।  ‘विजया दशमीको दिन दिनबाहेक बडादशैंका अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह गर्ने’, सूचनामा भनिएको छ ।

    यस्तै तिहारमा समेत भाइटिकाको दिन (२९ कात्तिक)मा मात्र पुरै कार्यालय बन्द हुने छ ।अन्य दिनमा भने सार्वजनिक बिदामा समेत ११ बजेबाट १ बजेसम्म यी शाखा खुलै रहने विभागले जनाएको छ ।

    यो पर्यटकीय मौसम हो । सोहीकारण विभागले पर्यटकलाई दिने ट्राभल अनुमतिहरुका लागि शाखा खुलै राख्ने निर्णय गरेको हो ।

    news.JPG

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार