images
images

तीन महिनामा मनाङ एयरको दुई हेलिकप्टर दुर्घटना, प्राधिकरणले गर्यो एओसी निलम्बन

तीन महिनामा मनाङ एयरको दुई हेलिकप्टर दुर्घटना, प्राधिकरणले गर्यो एओसी निलम्बन

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • तीन महिनामा मनाङ एयरको दुई हेलिकप्टर दुर्घटना, प्राधिकरणले गर्यो एओसी निलम्बन

    काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ। तीन महिनाको अवधिमा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले कम्पनीको एओसी निलम्बन गरेको हो।

    images
    images

    खराब उडान सुरक्षाका कारण कम्पनीको दुई ओटा हेलिकप्टर दुर्घटना भएको प्राधिकरणले जनाएको छ ।  लुक्लाबाट उडेको ‘एन(एएनजेु कलसाइन भएको मनाङ एयरको हेलिकप्टर आज शनिबार बिहान ७ः२५ बजे खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो। 

    सो दुर्घटनापछि प्राधिकरणले मनाङ एयरको एओसी निलम्बन गरेको हो। यसअघि असार २६ मा मनाङको ‘नाइनएन एएमभि’ कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार