images
images

दुई लघुवित्तले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

दुई लघुवित्तले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • दुई लघुवित्तले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये हालसम्म दुई वटा लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

    युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    त्यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार