images
images

दुई कम्पनीको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला, कुनको कति ?

दुई कम्पनीको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला, कुनको कति ?

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • दुई कम्पनीको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला, कुनको कति ?

    काठमाडौँ / दुई कम्पनीले १ लाख कित्ता भन्दा बढि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कुमारी बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा विक्री गरेको हो । 

    images
    images

    कुमारी बैंकले ८ हजार ८९२ कित्ता र इन्फिनिटी लघुवित्तले ९९ हजार ३७२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गरेका हुन् । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखी दुबै कम्पनीले यी शेयर विक्री खुला गरेका थिए । 

    सो अवधिमा विक्री नभएपछि कम्पनीले सर्वसाधारणमा विक्री गरेको हो । संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएका यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

    कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक खरीकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । इन्फिनिटी लघुवित्तले भने आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा आवेदन दिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार