images
images

साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

    काठमाडौँ / साविकको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बिमितलाई दिने बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको हो । 

    images
    images

    बीमा प्राधिकरणको असोज २३ गतेको पत्र मार्फत आव २०७८/०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत भई २०७८ अषाढ मसान्तसम्ममा जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

    सावधिक (सम्बृद्ध) जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ८ हजार १ सय ९३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

    यस्तै, सावधिक तथा आजीवन बीमालेख (अमुल्य) को हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा लागि ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७० रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ३ सय ४४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

    सावाधिक समृद्ध बीमा बीमालेख (एकल भुक्तानी) मा कम्पनीले ९ वर्ष अवधिको लागि ३३ रुपैयाँ १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म भएको बीमालेख बढी विक्री गेको छ । यस बीमालेख कम्पनीले ९८८ वटा विक्री गरेको छ । यस अवधिमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

    अग्रिम भुक्तानी सावधिक (बैभव) बीमा योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपै बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म भएको बीमालेख बढी विक्री गेको छ । यस बीमालेख कम्पनीले ५५८ वटा विक्री गरेको छ । यस अवधिमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

    सावधिक (श्री बृद्धि) प्रत्येक वर्ष ५ प्रतिशत बीमाङक बृद्धि हुने बीमालेखको हकमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

    सावधिक बालबालिका जीवन किरण योजनाको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले यस जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ११ हजार ३ सय ९३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

    अग्रिम भुक्तानी बालबालिका सावधिक (जीवन उन्नती) बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले यस जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर कायम गरेको छ । 

    यस्तै, एकल अग्रिम भुक्तानी बालबालिका सावधिक जीवन उन्नती योजनाको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले यस जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर कायम गरेको छ । 

    वार्षिक अग्रिम भुक्तानी सावधिक (समुन्नती) जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि २० रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २२ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि २४ रुपैयाँ बोनसदर कायम गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार