images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन सकिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन सकिने

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन सकिने

    काठमाडौँ / सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म आवेदन दिन सकिने गरी सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    यो शेयरको मूल्य प्रतिकित्ता २८० रूपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति वा संघसंस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

    खरीद आवेदन पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले असोज २४ गतेपश्चात् कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार