images
images

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाखले पाए १० कित्ता,  नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाखले पाए १० कित्ता,  नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाखले पाए १० कित्ता,  नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

    काठमाडौँ / सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज १४ गतेदेखि प्रतिकित्ता २३७.५८ रुपैयाँ अंकित सर्वसाधारणका लागि जारी गरेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बुधबार बाँडफाँड भएको हो । 

    images
    images

    गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको कम्पनीले जनाएको छ । 

    १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ । 

    कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

    यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर समेत थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । 

    आइपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट  https://www.nimbacecapital.com सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार