images
images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम, उत्कृष्ट अभिकर्ता सम्मानित

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम, उत्कृष्ट अभिकर्ता सम्मानित

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम, उत्कृष्ट अभिकर्ता सम्मानित

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । असोज २० गते  बिर्तामोड र इटहरी क्षेत्रमा ३ सय जनाभन्दा बढी अभिकर्ताको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images

    उक्त कार्यक्रममा कम्पनीले आ.व. २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्ताहरूलाई सम्मानसमेत प्रदान गरेको छ । 
    उच्च व्यवस्थापन समितिको तर्फबाट डेपुटी सिईओ निराजन कंडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रिय प्रबन्धक जितेन्द्र क्षेत्री लगायत शाखा प्रबन्धकहरूको उपस्थिति थियो । 

    कम्पनीका डेपुटी सिईओ कंडेलले कम्पनीले हालसम्म गरेका प्रगतिको विवरण,  भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्त्वबारे प्रकाश पारेका थिए । साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तर्क्रिया र तालिम प्रदान गरेका थिए । अभिकर्ता पेशामा सफलता प्राप्त गर्नको लागि निरन्तर सिकाइ र सम्मानको आवश्यक पर्ने हुँदा कम्पनीले देशैभरी यस्ता कार्यक्रमको आयोजना गरिरहेको छ ।     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार