images
images

इजरायल घटनाप्रति बोल्यो एनआरएनए, सम्पर्कविहीन ३ नेपालीको खोजी जारी

इजरायल घटनाप्रति बोल्यो एनआरएनए, सम्पर्कविहीन ३ नेपालीको खोजी जारी

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • इजरायल घटनाप्रति बोल्यो एनआरएनए, सम्पर्कविहीन ३ नेपालीको खोजी जारी

    काठमाडौँ / इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले घोर भर्त्सना गरेको छ । एनआरएनएले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो । 

    images
    images

    एनआरएनएले इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति  समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरेको छ । 

    विज्ञप्तिमा भनिएको छ,  “आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहीन छन् । आक्रमण प्रभावित नेपालीहरूको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।” 

    नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैर आवासीय नेपाली सङ्घले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरूसँग निरन्तर समन्वय गरिरहेको एनआरएनएले जनाएको छ ।

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार