काठमाडौँ / नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तलाई दिइएको छ ।
बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकले उनलाई असोज १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । चार वर्षे कार्यकाल पूरा गरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी बाहिरीएका छन् ।