images
images

साउदीको दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बिच बाटोबाटै किन फर्कियो ?

साउदीको दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बिच बाटोबाटै किन फर्कियो ?

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • साउदीको दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बिच बाटोबाटै किन फर्कियो ?

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बिच बाटोबाटै फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि विमानस्थलमै फर्किएको हो । उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौँमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । 

    images
    images

    जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास)मा खराबी देखिएको कारण जहाज फर्किएको बताइएको छ । नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो । काठमाडौँ-दमाम-काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार