images
images

“सरकार आफैँ भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको छ, कस्तो नाटक मञ्चन, कस्तो तमासा ?”

“सरकार आफैँ भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको छ, कस्तो नाटक मञ्चन, कस्तो तमासा ?”

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • “सरकार आफैँ भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको छ, कस्तो नाटक मञ्चन, कस्तो तमासा ?”

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले बाहिर कारबाही गर्छु भनेर माहोल बनाउने तर भित्र भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको आरोप लगाएका हुन् ।

    images
    images

    उनले भने, “भ्रष्टाचारीलाई कारबाहीको बहानामा क्लिन चिट दिएर भ्रष्टाचार भइरहेको छ । जसलाई मुद्दा दर्ता गरियो तिनले त उन्मुक्ति पाउनलान् नै । खास भ्रष्टाचारीलाई त मुद्दा नै दर्ता नै छैन । भ्रष्टाचारको फाइल खोल्छु र बन्द गर्छु भनेर भ्रष्टाचार गरिरहेको छ । बाहिर कारबाही गर्छु भनेर माहोल बनाउने भित्र भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको छ । कस्तो नाटक मञ्चन, कस्तो तमासा ?”  

    उनले मूल्यवृद्धि र कालोबजारी मौलाएको तथा सेवा प्रवाह अस्तव्यस्त भएको पनि बताए । अध्यक्ष ओलीले भने, “बन्दाबन्दैका बाटो निर्माण रोकिएका छन्, बन्छ भनेर के खुसी हुने ? सरकारी संयन्त्र स्वेच्छाचारी छ । गठबन्धनको शासनलाई के शासन भन्ने ? केलाई सुशासन भन्ने ?’, ओलीले प्रश्न गर्दै भने, ‘सुशासनका लागि अभियान चलाएको भनेर भाषण सुनेको थिएँ । यही एसिड छर्ने, खुँडा चलाउनेलाई मिनाहा गर्ने हो सुशासन अभियान ?”

    उनले सरकारको यो कार्यशैलीको एमालेले विरोध गर्ने बताए । ओलीले भ्रष्टाचारको अनुसन्धान गर्ने भनेर ललिता निवासको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनेलाई खोजविन नगरी अरुलाई मुद्दा चलाएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने, “सरकारले चलाएको शुसासनको होइन कुशासनको अभियान हो ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार