images
images

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला, ३३ जना कलाकार सहभागी

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला, ३३ जना कलाकार सहभागी

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला, ३३ जना कलाकार सहभागी

    काठमाडौँ / मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ । वातावरणीय न्यायको शसक्त माध्यमका रूपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणासहित संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको छ । 

    images
    images

    यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ शीर्षकमा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो । 

    महिला साइक्लिष्टको नेतृत्वमाबाट साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको समुदघाटन सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकूदमार्फत चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय र के.के.कर्माचार्यले खादा ओढाएर सम्मान गरेका थिए ।

    त्यसैगरी महिला साइक्लिष्ट शिकाइका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिट समुदाय बढाउन योगदान गरेकोमा बरिष्ठ कलाकारबाट सम्मान गरिएको थियो । प्राध्यापक अभि सुवेदीको सम्भाषणसहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा बरिष्ठतम कलाकार तथा सहभागीले संयुक्त रूपमा चित्रकला कार्यशालाको उद्घाट्न गरेका थिए । सम्मानित साइक्लिष्टसहित पूर्वकूलपतिहरू तथा प्राध्यापक सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रंगहरू भर्दै सामूहिक चित्राकृति बनाएर गरेका हुन् । 

    news .jpg

    नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहको थियो । एक जना कलाकारले दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्ने उद्देश्यले कार्यशालाबाट करिब ५० देखि ७० वटा चित्रकृति तयार गरिने लक्ष्यले उक्त कार्यक्रम सुरु गरिएको थियो । 

    कार्यशालामा ३३ जना कलाकार सहभागी थिए । वरिष्ठ चित्रकार शशिविक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाएका थिए बरिष्ठ कलाकारहरूले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको आयोजकले जनाएको छ । सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्मा प्रदर्शनी गरिने लक्ष्य आयोजकको छ ।   

    सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रमा मासभेला तथा अन्तर्क्रियासहित सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएको अतिथिहरूले बताए । बरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरूले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।  

    *सम्पादन गरिएको .

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार