images
images

पर्यटन विभाग र अध्यागमन विभागसँग होटल संघले गर्यो यी विषयमा छलफल

पर्यटन विभाग र अध्यागमन विभागसँग होटल संघले गर्यो यी विषयमा छलफल

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • पर्यटन विभाग र अध्यागमन विभागसँग होटल संघले गर्यो यी विषयमा छलफल

    काठमाडौँ / होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वको टोलीले अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङसँग छलफल गरेको छ ।  कोभिडकोपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकहरूको नेपाल भ्रमण प्रतिको आकर्षण बढाउन र सीमानाका लगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका विषयहरूमा विभाग र संघबीच छलफल भएको हो । 

    images
    images

    छलफल पश्चात प्रतिनिधिमण्डलले राखेका जिज्ञासा तथा सुझावबारे बोल्दै महानिर्देशक तामाङले संघले राखेका विषयप्रति विभाग सकारात्मक रहेको र संयुक्त पहल कदमीमार्फत अगाडि बढ्ने बताए । 

    यसैगरी उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बूढासँग भेटघाट गरी मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको नेपाल बसाई सुखद, विश्वसनीय र सुरक्षित बनाउन संघबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरूका लागि तयार गरिएका न्यूनतम् मापदण्डका साथै तारे होटलहरूको स्तर वर्गिकरण मापदण्ड २०७७ मा समेत केही संशोधनसमेत प्रस्तुत गरेको छ ।  

    News1.jpg

    सो अवसरमा महानिर्देशक बूढाले उक्त सुझावहरूलाई समय सापेक्ष बनाईने र निरन्तर संवाद र छलफलमार्फत व्यवसायिक माग सम्बोधन गर्न आवश्यक पहलकदमी हुने प्रतिवद्धता समेत व्यक्त गरे । उक्त प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ तथा कार्यसमिति सदस्य अश्लेषा कार्कीले उपस्थिति जनाई आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार