images
images

आइसरको ‘सोचेझैँ दशैँ तिहार, रोजेझैँ उपहार : सुनको बहार, बम्परमा कार’ उपहार योजना

आइसरको ‘सोचेझैँ दशैँ तिहार, रोजेझैँ उपहार : सुनको बहार, बम्परमा कार’ उपहार योजना

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • आइसरको ‘सोचेझैँ दशैँ तिहार, रोजेझैँ उपहार : सुनको बहार, बम्परमा कार’ उपहार योजना
    images
    images

    काठमाडौँ / आइसरले नेपालीहरूको प्रमुख चाड दशैँ र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरूका लागि उपहार योजना ल्याएको छ । विगत ४० बर्षदेखि नेपालको ब्यवसायिक सवारीको क्षेत्रमा माइलेजको बादशाह भनिने आइसरले नयाँ आइसर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद घोषणा गरेको हो ।

    ७० भन्दा बढी देशहरूमा फैलिएको आइसर, भोल्भो र आइसरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

    साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरू, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ । 

    आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउँन बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बी.एम.सी.वी.)ले दशैँ तिहार स्कीमको घोषणा गरेको हो । सो योजनाअन्तर्गत आइसर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरूले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ । 

    यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्नु हुनेछ ।उल्लेखित उपहारहरू बाहेक चालकलाई ५ लाख रुपैयाँ र २५ लाख रुपैयाँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइसरले प्रदान गर्नेछ ।

    दशैँ तिहार योजनाको थप जानकारीको लागि नजिकैको ब्रान्च, डिलर तथा टच पोइण्ट  वा कम्पनीको फोन नम्बरमा सम्पर्क गरेर बुझ्न सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार