images
images

धितोपत्र ब्रोकर्स एशोसिएसनले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने

धितोपत्र ब्रोकर्स एशोसिएसनले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • धितोपत्र ब्रोकर्स एशोसिएसनले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने
    images
    images

    काठमाडौँ / धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसर पारेर साताव्यापी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । एशोसिएसनले असोज १६ देखि १९ गतेसम्म विभिन्न स्थानहरूमा शेयर सचेतना तथा तालिमको आयोजना गर्ने भएको हो । 

    असोज १६ गते रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौँमा, क्यातफोर्ड इन्टरनेशनल कलेज, बालकुमारी, ललितपुरमा असोज १७ गते, १८ गते सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर र असोज १९ गते पनौति नगरपालिका, पनौतिमा शेयर सचेतना तथा तालिम हुने एशोसिएसनले जनाएको छ । 

    त्यस्तै, एशोसिएनले असोज २० गते शनिबार वाकाथन कार्यक्रम गर्ने भएको छ । विहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्डसहित भृकुटि मण्डपबाट बसन्तपुर दरबार स्क्वायरसम्म पुगेर भेलामा परिणत भई समापन गरिने बताइएको छ । 

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष हमाल तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लि.का प्रमुख कार्यकारी अधिकृत पूर्ण 
    प्रसाद आचार्यको उपस्थितिमा साताव्यापी विश्व लगानीकर्ता सप्ताह २०२३ समापन तथा अन्तर्क्रिया कार्यक्रम समापन गरिने आयोजकले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार