images
images

बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्‍याई मेला सुरु, रातभरि दीपावली गरी मनाइने

बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्‍याई मेला सुरु, रातभरि दीपावली गरी मनाइने

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्‍याई मेला सुरु, रातभरि दीपावली गरी मनाइने

    भक्तपुर / इन्द्रजात्राको तेस्रो दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्र देवतालाई विराजमान गराई पोखरीको वरिपरि दीपावली गरी भव्य मेला सुरु भएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्‍याई साँझबाट मेला सुरु भएको छ । 

    images
    images

    भाद्र शुक्ल चतुर्थीको दिन साँझ दीपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरी साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।

    नेपाल संवत् २१८ मा शक्तिशाली युवराजको रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उनको भनाइ छ । 

    स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।

    कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनास्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उनले बताए । राजतन्त्रको पराजय र जनताको विजयीको रूपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ।

    इन्द्र दहमा स्नान गरी समय् अर्थात् भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय् अर्थात् छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रोलगायतका परिकार विशेषरूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार