images
images

भदौमा १० देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै कम्बोडिया र कम अस्ट्रेलियामा

भदौमा १० देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै कम्बोडिया र कम अस्ट्रेलियामा

वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले भदौँ महिनामा ३८ करोड ५९ लाख २ हजार रुपैयाँ बराबरको ६ सय ७८ किलो यार्सागुम्बा तेस्रो मुलुकमा निर्यात गरेको हो ।

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • भदौमा १० देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै कम्बोडिया र कम अस्ट्रेलियामा

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो महिना भदौँमा नेपालले साढे ३८ करोडभन्दा बढि रुपैयाँको यार्सागुम्बा तेस्रो मुलुकमा निर्यात गरेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले भदौँ महिनामा ३८ करोड ५९ लाख २ हजार रुपैयाँ बराबरको ६ सय ७८ किलो यार्सागुम्बा  तेस्रो मुलुकमा निर्यात गरेको हो । 

    दोस्रो महिनामा नेपालले विभिन्न १० मुलुकमा यार्सागुम्बा निर्यात गरेको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा अस्ट्रेलिया, कम्बोडिया, चीन, चेक रिपब्लिक, ग्रीस, हंगकंग, मलेसिया, रूसी संघ, सिङ्गापुर र भियतनाम लगायतका राष्ट्र पर्छन् । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको भदौँ महिनामा सबैभन्दा धेरै यार्चागुम्बा कम्बोडियामा निर्यात भएको छ भने सबैभन्दा कम अस्ट्रेलिया, चेक रिपब्लिक, ग्रीस, मलेसिया र रूसी संघमा निर्यात भएको छ । 

    सबैभन्दा कम निर्यात भएको मुलुकहरूमा ५ किलोभन्दा पनि कम यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ । पहिलो महिनामा अस्ट्रेलियामा २५ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । यता चेक रिपब्लिकमा ७३ हजार रुपैयाँ, ग्रीसमा २६ हजार रुपैयाँ, मलेसिया १५ लाख ७० हजार रुपैयाँ र रूसी संघमा ५० हजार रुपैयाँ बराबरको ५ किलोभन्दा कम यार्सागुम्बा निर्यात भएको छ । 

    भदौ महिनामा कम्बोडियामा २ करोड ८१ लाख ४५ हजार रुपैयाँ बराबरको ४० किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनमा १३ करोड २३ लाख २९ हजार रुपैयाँ बराबरको २ सय ३६ किलो, हंगकंगमा १९ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको २ सय ९० किलो, सिङ्गापुर ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ७ किलो र भियतनाम २ करोड ७१ लाख ३३ हजार रुपैयाँ बराबरको ९९ किलो यार्सागुम्बा निर्यात भएको हो । 

    News cg.jpg

    पहिलो महिनामा २३ करोड बढिको यार्सागुम्बा निर्यात

    चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा २३ करोड २० लाख १३ हजार रुपैयाँ बराबरको ३ सय ७३ किलो यार्सागुम्बा नेपालबाट विभिन्न मूलुकमा निर्यात भएको हो । गत आर्थिक बर्षको पहिलो महिनामो तुलनामा चालु आर्थिक बर्षको पहिलो महिनामा १० करोड ७२ लाख ३६ हजार रुपैया अर्थात १ सय ७० किलो बढि यार्सागुम्बा नेपालबाट अन्य मूलुकहरूमा निर्यात भएको छ । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा सबैभन्दा धेरै यार्चागुम्बा हङकङमा निर्यात भएको छ भने सबेभन्दा कम मलेसियामा निर्यात भएको छ । पहिलो १ महिनामा हङकङमा ११ करोड ३० लाख ९४ हजार रुपैयाँको १ सय ६८ किलो यार्चागुम्बा निर्यात भएको छ भने मलेसियामा ३ लाख ४७ हजार रुपैयाँको ३ किलो मात्रै यार्चागुम्बा निर्यात भएको छ ।  

    यता, कम्बोडियामा ८९ लाख ९७ हजार रुपैयाँ बराबरको ११ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनमा ९ करोड ३१ लाख २१ हजार रुपैयाँ बराबरको १ सय ५२ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, सिङ्गापुर र भियतनाममा क्रमशः ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ७ किलो र ९४ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ किलो यार्चागुम्बा निर्यात भएको छ ।

    News cg.jpg

    गत बर्ष ४४ करोडको यार्सागुम्बा निर्यात

    विभागका अनुसार गत आर्थिक बर्ष २०७९/८० मा ४४ करोड ३१ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात गत बर्ष पछिल्ला पाँच वर्ष यताकै उच्च हो ।

    अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा रु १५ करोड ७६ लाख २५ हजारको, आर्थिक बर्ष २०७६/७७ मा रु २० करोड २२ लाख ३५ हजारको तथा आर्थिक बर्ष २०७५/७६मा रु १७ करोड ९४ लाख आठ हजारको यार्चागुम्बा निर्यात भएको छ । 

    यार्सागुम्बा के–को लागि प्रयोग गरिन्छ ?

    यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । खोकी, दम, क्षयरोग, लगायतका रोगलागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ । त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको प्रयोग हुने गर्छ । त्यसैले यो बहुमूल्य जडीबुटी बनेको छ । सन् २००१ सम्म यार्सागुम्बा व्यापारिक प्रयोजनमा नआए पनि अहिले भने यसको मूल्य प्रतिकिलो ३२ लाखसम्मभन्दा बढिमा किनबेच हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार