images
images

१९९ घण्टादेखि उभिएका ‘ईः’ र काठमाडौँ महानगरबीच चार बुँदे सहमति

१९९ घण्टादेखि उभिएका ‘ईः’ र काठमाडौँ महानगरबीच चार बुँदे सहमति

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • १९९ घण्टादेखि उभिएका ‘ईः’ र काठमाडौँ महानगरबीच चार बुँदे सहमति

    काठमाडौँ / फुटपाथ व्यवसायीको हक र अधिकारका लागि १९९ घण्टादेखि उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ । बुधबार साँझ भएको चार बुँदे सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेका छन् । 

    images
    images

    काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच भएको सहमति अनुसार अब फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिनेछ । 

    यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ ।

    समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ । यसैगरी फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक  उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।    

    ee.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार