images
images

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीहरूले ३० प्रतिशत नगद लाभांश पाउने

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीहरूले ३० प्रतिशत नगद लाभांश पाउने

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीहरूले ३० प्रतिशत नगद लाभांश पाउने
    images
    images

    काठमाडौँ लक्ष्मी सनराइज बैङ्कको पूर्ण स्वामित्वमा बैङ्कको सहायक कम्पनीका रूपमा सचालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारण सभा आज बुधवारका दिन आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौँमा भब्यताका साथ सम्पन्न गरेको छ ।

    images
    images

    वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ति विशेष साधारण सभाबाट गर्ने  निर्णय गरियो ।

    साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना सेयरहोल्डरहरूलाई ३०  प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो । सनराइज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

    कम्पनीले बर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैङ्किङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मितिसम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड सञ्चालन गर्दै आईरहेको र उक्त म्युचुअल फण्ड मध्य सनराइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ ।  

    साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरूको लागानी उद्देश्य पूरा गर्न सक्षम व्यवस्थापकको रूपमा स्थापित भएको छ । 

    उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रूपमा रहेको सन्राईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तिियारी दिने निर्णय गरियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार