images
images

मौसम पूर्वानुमान : आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा हुँदैछ बर्षा ?

मौसम पूर्वानुमान : आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा हुँदैछ बर्षा ?

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • मौसम पूर्वानुमान : आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा हुँदैछ बर्षा ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

    images
    images

    हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

    आज बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
     
    शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार