images
images

नेप्से परिसूचक ५.८९ अंकले घट्दा कारोबार रकम १ अर्ब ५६ करोड मात्रै, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचक ५.८९ अंकले घट्दा कारोबार रकम १ अर्ब ५६ करोड मात्रै, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • नेप्से परिसूचक ५.८९ अंकले घट्दा कारोबार रकम १ अर्ब ५६ करोड मात्रै, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ।

    images
    images

    आइतबार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमबार  ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घटेको छ।

    सोमबार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

    नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। जसमा जलविद्युत् र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। त्यस्तै,लगानी उपसमूहको परिसूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहहरुको परिसूचक ०.९५ प्रतिशतभन्दा कमले गिरावट आएको छ।

    सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार