images
images

असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक, कति पाईन्छ ब्याज ?

असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक, कति पाईन्छ ब्याज ?

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक, कति पाईन्छ ब्याज ?

    काठमाडौँ / सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले असोज १७ गतेदेखि प्रति इकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो ।

    images
    images

    बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइने छ । ३० लाख इकाईमा १८ लाख इकाई बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ । जसमा ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्याईएको छ ।

    ऋणपत्रमा असोज २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने छ ।

    ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम माग गरेको सबै इकाईमा आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार