चर्चित समाचार
  • images
    images

    तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न, मेयर महर्जनले भने - खेलकुदलाई प्राथमिकता दिएका छौँ

    तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न, मेयर महर्जनले भने - खेलकुदलाई प्राथमिकता दिएका छौँ

    शनिवार, असोज ६ २०८०
    शनिवार, असोज ६ २०८०
  • तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न, मेयर महर्जनले भने - खेलकुदलाई प्राथमिकता दिएका छौँ
    images
    images

    काठमाडौँ / धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगितामा दुई वर्ग गरि १०३ टिमको सहभागिता रहेको थियो । 

    प्रतियोगिता तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता, तारकेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठको विशेष आतिथ्यता र धर्मस्थली ब्याडमिन्टन एसोसिएसनका सभापति विजय श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिका नगरप्रमुख महर्जनले खेलकुद विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको बताए । 

    पूर्वाधारसहित दक्ष जनशक्ति खेलकुद क्षेत्रको विकास र निर्माणमा आवश्यक बजेट विनियोजन गरेको र आगामी दिनहरूमा पनि युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम गर्ने बताए ।
     
    त्यस्तै, तारकेश्वर नगरपालिका वडा नं.६ का वडाध्यक्ष घनश्याम श्रेष्ठले आयोजकहरूलाई धन्यवाद व्यक्त गरे । उनले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर गर्नुपर्ने र वडाको सदैव साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाएका छन् । प्रतियोगिता दुई वर्गमा खेलाइएको थियो ।

    सी वर्गमा क्रमश: प्रथम हुने टेकप्रसाद, प्रवेश मगरलाई ३० हजार नगद, दोस्रो हुने लोक लामा र कुमार विकलाई १५ हजार नगद तृतीय हुने लक्ष्मण सुनुवार र प्रवीण सुनुवारलाई ५ हजार नगद सहित प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो । बी वर्गमा प्रथम हुने डेविड थापा मगर, विवेक चौधरीलाई ५० हजार नगद, दोस्रो हुने शशीन डंगोल, सुमन शाक्यलाई ३० हजार नगद, तेस्रो हुने अनिल मल्ल, नरेन्द्र बमलाई १० हजार नगदसहित प्रमाणपत्र मेडल र ट्रफी वितरण गरिएको थियो ।

    नेपाल एस बी आई बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कको प्रमुख प्रायोजनमा र कृषि विकास बैङ्कको सह प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार