images
images

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौँ / खानी खोला हाइड्रोपावर कमपनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ। 

    images
    images

    कम्पनीले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको सम्बन्धमा परामर्श सेवा सहित निष्काशन हुने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी सिटिजन्स क्यापिटलसंग सम्झौता गरेको हो । 

    सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ । 

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमशः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार