images
images

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको बार्षिक साधारण सभा असोज २५ गते, यस्ता छन् एजेण्डा

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको बार्षिक साधारण सभा असोज २५ गते, यस्ता छन् एजेण्डा

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको बार्षिक साधारण सभा असोज २५ गते, यस्ता छन् एजेण्डा

    काठमाडौँ / फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आब्हान गरेको छ । कम्पनीले असोज २५ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठले दोस्रो वार्षिक साधारण सभाको मिति तय गरेको हो । 

    images
    images

    सभामा वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारीत गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति लगायतका प्रस्ताव पेश हुने छन् ।

    त्यस्तै, सभाले कम्पनीको साविक प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने , साविक नियमावलीमा आवश्यक संशोधन तथा थप गर्ने , सर्वसाधारणलाई शेयर निष्काशन गर्ने , कम्पनी गाभ्ने वा गाभिने सम्बन्धमा,विदेशी साझेदार वा लगानीकर्ता भित्राउने प्रस्ताव पारित गर्ने जनाएको छ ।

    साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन तथा नियामक निकाय र अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम आवश्यक थपघट वा परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार