images
images

२४ कम्पनीले अझै पेस गरेनन् वित्तीय विवरण, सेबोनले निकाल्यो विवरण, कम्पनी कुन–कुन ? (सूचीसहित)

२४ कम्पनीले अझै पेस गरेनन् वित्तीय विवरण, सेबोनले निकाल्यो विवरण, कम्पनी कुन–कुन ? (सूचीसहित)

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • २४ कम्पनीले अझै पेस गरेनन् वित्तीय विवरण, सेबोनले निकाल्यो विवरण, कम्पनी कुन–कुन ? (सूचीसहित)

    काठमाडौँ / सूचीकृत कम्पनीहरूमध्ये २४ ओटा कम्पनीहरूले नेपाल धितोपत्र बोर्ड (सोबन) लाई आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको पाइएको छ । 

    images
    images

    धितोपत्र बोर्डले आज एक विवरण गर्दै सार्वजनिक यसबारे जानकारी गराएको हो। धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा सूचीकृत कम्पनीहरूले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था छ । तर, १३९ कम्पनीले मात्र समयमै विवरण बुझाएका छन् भने ढिलो गरी पेस गर्नेमा ६४ वटा छन्। 

    तथ्यांकअनुसार २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण पेस गरेका छैनन्। धितोपत्र बोर्डको तथ्यांकअनुसार समयमै वित्तीय विवरण पेस गर्नेमा १९ वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १३ वटा फाइनान्स कम्पनी, होटेल तथा पर्यटन समूहका ३ वटा कम्पनी, ४१ वटा जलविद्युत, लगानी समूहका ३ वटा, ६ जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ वटा कम्पनी, ३१ वटा लघुवित्त, ७ निर्जीवन बीमा कमपनी, अन्य तथा व्यापार समुहका १–१ वटा कम्पनी छन्। 

    यस्तै, ६४ कम्पनीले ढिलो विवरण बुझाएका छन् । ढिलो विवरण बुझाउनेमा १ विकास बैंक, ३ होटेल तथा पर्यटन समूहका कम्पनी, २८ हाइड्रो कम्पनी, ३ इन्भेष्टमेन्ट समूहका कम्पनी, २ जीवन बीमा कम्पनी, ४ उत्पादन तथा प्रशोधन कम्पनी, १८ लघुवित्त र ५ निर्जीवन बीमा कम्पनी छन् । 

    कुल २२७ कम्पनीमध्ये ३ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ११ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त र व्यापार तथा अन्य समूहका १–१ वटा कम्पनी गरी २४ वटा अहिलेसम्म वित्तीय विवरण पेस नगरेको धितोपत्र बोर्डले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार