images
images

हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरू विषयक गोष्ठी सम्पन्न

हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरू विषयक गोष्ठी सम्पन्न

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरू विषयक गोष्ठी सम्पन्न

    काठमाडौँ / नेपाल हस्तकला महासंघद्वारा नेपाल बैङ्क लिमिटेडको सहआयोजनामा हस्तकला बस्तुको निकासी ब्यापारमा बिद्यमान समस्या र समाधानका उपायहरू बिषयक गोष्ठी सम्पन्न भएको छ । 

    images
    images
    images
    images

    नेपाल सन् २०२६ पछि अल्प बिकसित मुलुकबाट बिकाससील मुलुकमा स्तरोननति भएपछिका अवसर र चुनौतीहरूलाई समेत मध्य नजर गरि नेपालको आगामी १६औँ पञ्चवर्षिय योजनामा पनि हस्तकला क्षेत्रमा गर्न सकिने योजनाहरू पहिचान गर्ने तथा समग्र हस्तकला उद्योग व्यवसायको समस्या र यस क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कार्यहरूको पहिचान गर्ने उद्देश्यले मङ्गलबार उक्त गोष्ठीको आयोजना गरिएको हो ।

    सो गोष्ठीमा निकासी ब्यापारसँग सम्बन्धित नेपाल सरकार र निजी क्षेत्रका सरोकारवाला निकायहरूका प्रतिनिधिहरू, निर्यातकर्ता तथा उद्यमी ब्यवसायीहरू सहभागिता रहेको थियो ।

    उद्योग,  तथा आपूर्ति मन्त्रालयका बाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको प्रमुख आथित्यमा सम्पन्न गोष्ठीमा, महासंघका कार्यबाहक अध्यक्ष सनम शाक्यले उपस्थितहरूलाई सम्पन्न गरेका थिए । सो क्रममा महासंघको वाणिज्य परिषद्का सभापति तथा महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले हाल सरकारबाट हस्तकला उद्योग ब्यवसायलाई साना, घरेलु तथा लघु उद्योगमा राखेर बिभिन्न नीति नियमहरू तर्जुमा गरेकोमा हस्तकला उद्योग व्यवसायलाई छ्ुट्टै उद्योगको रूपमा पहिचान नगरे सम्म यस क्षेत्रको समुचित बिकास नहुने धारणा व्यक्त गरे । 

    हस्तकला एक बिशेष प्रकृतिको उद्योग भएकोले यसलाई अलग्गै नीति नियमको आवश्यकता रहेको र यस कार्यक्रमबाट आएको बिभिन्न सुझावहरूलाई एकिकृत गरी एक दस्तावेज बनाई सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाई सो बमोजिम नीति नियमहरू कार्यान्वयन गराउने उद्देश्यबारे उनले स्पष्ट पारे । 
    यसै क्रममा हस्तकला बस्तुको निकासी ब्यापारमा बिद्यमान समस्या र समाधानका उपाय बिषयमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व उपसचिव हिमाल थापाबाट गोष्ठीमा कार्यपत्र प्रस्तुति गरे । 

    उनले नेपालको अर्थतन्त्रमा हस्तकला उद्योगले पु¥याउँदै आएको योगदानको बारेमा आफ्नो कार्यपत्रमा विस्तृत रूपमा चर्चा गरे । साथै उनले प्रमुख हस्तकला वस्तुहरूको निकासी स्थिति, नेपाली हस्तकलाका वस्तुको प्रमुख गन्तव्य, नेपाली हस्तकला वस्तुको विशेषता, नेपाली हस्तकलाको आन्तरिक तथा नितिगत समस्याहरू, नेपाली हस्तकला उद्योगको प्रवद्र्धनका लागि चालिनु पर्ने कदमहरूको बारेमा जानकारी दिएका थिए । 

    त्यसैगरी कार्यक्रमका सह आयोजक नेपाल बैङ्क लिमिटेडका वरिष्ठ प्रबन्धकले निकासी ब्यापार प्रवद्र्धन तथा सहजिकरणमा बाणिज्य बैङ्कको भूमिका र बैङ्कहरूले निर्यातकर्ता, उद्योगी ब्यवसायीहरूलाई उपलब्ध गराउने कर्जाहरू तथा निकासी व्यवसायमा प्रयोग हुने भुक्तानीका सेवाहरू बारे जानकारी दिएका थिए । 

    सहभागीहरूबाट प्राप्त सुझावहरूलाई समेत समावेश गरी एकीकृत प्रतिवेदन तयार गरिनेछ । उक्त प्रतिवेदन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सरोकारवाला निकायहरूमा प्रस्तुत गरि निर्यात व्यवसायमा विद्यमान समस्याको सम्बोधनको लागि महासंघबाट पहल गरिनेछ । 

    कार्यक्रमको दौरान ब्यापार तथा निकासी प्रवद्र्धन केन्दका कार्यकारी निर्देशक, शरद विक्रम राणाले आफ्नो मन्तव्यको क्रममा हस्तकला उद्योग र ब्यवसायको बिकास एवं निकासीको लागि नीजि र सरकारी निकायहरू दुवैले आ–आफ्नो तर्फबाट योजनाकृत योगदान गनुपर्ने बताए । 

    हाल नेपाली हस्तकला निर्यातको अवस्था केहि सानो र स्थीर रहेकोमा यसलाई फैलाउन र बढाउदै लानको लागि महासंघको तर्फबाट आफ्नो ब्यापार मेला जस्ता प्लेटफर्महरूमा विदेशीहरूलाई बोलाई बिटुबि बैठकहरूका माध्यमबाट प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गर्नुपर्ने बताउनभयो, यस कार्यको लागि नेपाल सरकारले पनि सहयोग गर्नसक्ने उनले बताए । उद्यमी ब्यवसायीहरूको क्षमता विकास गर्दै लान महासघले विशेष पहल गनुपर्नेमा जोड दिए भने जमाना अनुसार अनलाइन ट्रेडको  माध्यममा जानुपर्ने भन्दै सो कार्यको लागि नीजि र सरकारी तवरबाट विशेष तयारीका साथ अगाडी वढ्नुपर्ने उनले बताए । 

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका बाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले आफ्नो मन्तब्यको क्रममा नेपाली हस्तकला वस्तुलाई ब्यापारको नजरबाट मात्र हेरिन नहुने भन्दै यसले हाम्रो मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेश सम्म उपहारको रूपमा पु-याउने र नेपाली सिप र कलाको उत्कृष्टताको पहिचान उजागर गरि विदेशी मुद्रा नेपालमा भित्राउन समेत योगदान गरेको बताए । सोहि कारण यस उद्योग ब्यवसायलाई नेपाल सरकारको तर्फबाट पनि प्राथमिकतामा राखि यसको हित र संरक्षण्ममा नीतिगत सहजताका कार्यहरू समय समयमा गर्दै आएको उनको भनाइ छ ।

    ब्यापार र अर्थ ब्यापकताको प्रचुर सम्भावना बोकेको यस क्षेत्र र यसको निर्यात ब्यापार विगत केहि वर्ष देखि स्थिर देखिएको अवस्थामा निजी संघ–संस्थाहरूले पनि हस्तकलाको निर्यात वढाउन र नयाँ बजार खोज गर्न पहल गनुपर्ने बताए । 

    समयसापेक्ष र आवस्यकता अनुसार ब्यापार नीतिहरूमा सुधार गर्दै लानको लागि आफहरूले अधिकतम् सहयोग गर्ने बताउँदै के–कस्तो सहकार्य गर्दै जान सकिन्छ त्यस्तो प्रस्तावहरूप्रति सरकार अत्यन्तै सकारात्मक रहने बताए । हामीले दिगो बजारको खोज र आफ्नो उत्पादकत्वको क्षमतामा पनि सुधार गर्दै लाने हो भने यस हस्तकला उद्योग ब्यवसायले आर्थिक प्रगतीको बाटो पहिल्याउन सक्ने उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार