images
images

सोनापुर मिनरल्स् एण्ड आयलद्वारा आइपिओ बाँडफाँट, रितपूर्वक आवेदन दिने सबैले पाए सेयर

सोनापुर मिनरल्स् एण्ड आयलद्वारा आइपिओ बाँडफाँट, रितपूर्वक आवेदन दिने सबैले पाए सेयर

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • सोनापुर मिनरल्स् एण्ड आयलद्वारा आइपिओ बाँडफाँट, रितपूर्वक आवेदन दिने सबैले पाए सेयर

    काठमाडौँ / सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधरण सेयर (आइपिओ) बाँडफाँट गरिएको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि साउन २९ गतेदेखि भदौ ११ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरूमा सो निष्काशित सेयरहरूको आज मङ्गलबार बाँडफाँट गरेको हो । 

    images
    images

    बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीले जारी गरेको १६ लाख ९३ हजार ३५० कित्ता खरिदका लागि ३० हजार ३६० जना आवेदकबाट आवेदन प्राप्त भएकोमा १२ जना आवेदकहरूबाट ४५० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरू रद्द गरिएको छ । 

    त्यस्तै, कूल ३० हजार ३४८ जना आवेदकहरूबाट १६ लाख ९२ हजार ९०० कित्ताका लागि रितपूर्वक प्राप्त आवेदनका आधारमा न्युनतम १० देखि ४० कित्तासम्म माग गर्ने १० हजार ५९१ जना आवेदकहरूलाई माग बमोेजिम २ लाख ४६ हजार ६० कित्ता तथा ५० देखि तीन हजार कित्तासम्म माग गर्ने १९ हजार ७५७ जना आवेदकहरूलाई ४० कित्ताका दरले ७ लाख ९० हजार २८० कित्ता गरी कुल १० लाख ३६ हजार ३४० कित्ता आइपिओ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । 

    सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १ लाख ८० हजार २२८ कित्ताको हकमा ५० देखि ३ हजार कित्तासम्म माग गर्ने १९ लाख ७५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुने भएकाले गोलाप्रथाद्वारा थप १० कित्ताका दरले १८ हजार २२ जनालाई १ लाख ८० हजार २२० कित्ता बाँडफाँट गरिएको छ । 

    सो बाँडफाँट पश्चात् बाँकी रहन गएको ८ कित्ता शेयरको हकमा ६० देखि ३,००० कित्ता सम्म माग गर्ने ११ जार ४१८ जना आवेदकहरूमध्ये १ जना आवेदकले ८ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।  

    एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड पचास ५० हजारमध्ये ३५ प्रतिशत बराबरको १ अर्ब ७ करोड ६२ लख ६७ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न छुट्टयाईएकोमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याईएको सेयर बाँडफाँड पश्चात् बाँकी रहेको १४ लाख ३ हजार ५ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिने १  करोड ७ लाख ६२ हजार ६७५ कित्ता सेयरमा समायोजन गरी कुल १ करोड २१ लाख ६५ हजार ६८० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । 

    कम्पनीले सर्वसाधारणलाई छुट्टयाईएको सेयरमध्ये, विवरणपत्रमा व्यवस्था भए बमोजिम १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता साधारण शेयर प्रतिशेयर १ सय रुपैयाँ अङ्कित दरमा प्रिमियम वापत १३७.५८  थप गरी जम्मा प्रति शेयर मूल्य २३७.५८ रुपैयाँको दरमा निष्काशन गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार