images
images

नेपाल पुनर्बीमाको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

नेपाल पुनर्बीमाको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • नेपाल पुनर्बीमाको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

    काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर आज असोज २ गतेदेखि विक्रीमा ल्याएको छ ।

    images
    images

    कम्पनीले आफ्नो कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । कम्पनीले तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिंदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने जानकारी समेत कम्पनीले दिएको छ ।

    शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले कात्तिक १० गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार