images
Logo
images
images
images

ओरियण्टल होटल्सले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने, असोज २५ गते बोलायो साधारण सभा

ओरियण्टल होटल्सले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने, असोज २५ गते बोलायो साधारण सभा

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • ओरियण्टल होटल्सले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने, असोज २५ गते बोलायो साधारण सभा

    काठमाडौँ / ओरियण्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    images
    images
    images
    images

    कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले उक्त प्रस्ताव पारित गर्नकका लागि असोज २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

    सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव एवं सोही अवधीको नगद प्रवाह विवरण, लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले लेखापरिक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

    कम्पनीले साधारण दसभा प्रयोजनको लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन पाउने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार