images
images

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, १ लाख २१ हजारले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, १ लाख २१ हजारले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, १ लाख २१ हजारले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा
    images
    images

    काठमाडौँ / हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे आइपीओ बाँडफाँड गरेको हो ।

    क्यापिटलका आनुसार आइपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । 

    माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् ।

    कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५०  कित्ता शेयर निष्काशन गरेको हो। 

    आइपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड भएको हो । कम्पनीले यस अघि नै  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ ।

    यसरी हेर्नुहोस् नतिजा

    आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://globalimecapital.com/ सिडीएससीको मेरो शेयरको वेबसाइट  meroshare.cdsc.com.np/#/login सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार