काठमाडौँ / सेवा हाईड्रो कम्पनीले असोज २० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको हो ।
सभा थापागाउँ बानेश्वर काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभाले आईपीओ निष्काशन प्रस्ताव पारित गर्नेछ ।
यस्त्ै, कम्पनीको सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्नेछ । कम्पनीको सभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ ।
आईपीओ निष्काशन पश्चात् प्राप्त हुने कूल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्न खर्च गर्न स्वीकृत गर्नेछ ।
कम्पनी सञ्चालकको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालकको गठन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।