images
images

एकर्ड फर्मास्युटिकल्सको बार्षिक साधारण सभा असोज २१ गते, आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने

एकर्ड फर्मास्युटिकल्सको बार्षिक साधारण सभा असोज २१ गते, आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने

शुक्रवार, भदौ २९ २०८०
शुक्रवार, भदौ २९ २०८०
  • एकर्ड फर्मास्युटिकल्सको बार्षिक साधारण सभा असोज २१ गते, आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने
    images
    images

    काठमाडौँ / एकर्ड फर्मास्युटिकल्सले तेस्रो वार्षिक साधारण सभा असोज २१ गते गर्ने निर्णय गरेको छ । 

    कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले साधारण सभाको मिति र स्थान तय गरेको हो । सभा बसेरा बुटिक होटल बबरमहल काठमाडौँमा दिउँसो १ बजे बाट सुरु हुने कम्पनीले जनाएको छ । 

    कम्पनीको उक्त सभाले आईपीओ निष्काशन प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारणका लागि यसअघिकै साधारसभाबाट छुट्याइएको सेयरमा पूँजी वृद्धिका कारण हुन गएको संशोधनलाई अनुमोदन गर्नेछ । पूँजी वृद्धिपश्चात् कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

    कम्पनीको सभाले आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले जारी पूँजीको १२ प्रतिशत अर्थात् ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । 

    कम्पनीले काठमाडौँ उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरणसहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो । कम्पनीले व्यावसायिक उत्पादन २०२१ देखि सुरु गरी व्यावसायिक कारोबार सुरु गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार