images
images

सिटिजन लाइफको आइपीओ बाँडफाँड, १ लाख ७७ हजारको आवेदन रद्द, कतिले पाए शेयर ?

सिटिजन लाइफको आइपीओ बाँडफाँड, १ लाख ७७ हजारको आवेदन रद्द, कतिले पाए शेयर ?

बिहिवार, भदौ २८ २०८०
बिहिवार, भदौ २८ २०८०
  • सिटिजन लाइफको आइपीओ बाँडफाँड, १ लाख ७७ हजारको आवेदन रद्द, कतिले पाए शेयर ?
    images
    images

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बिहीबार आफ्नो कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

    क्यापिटलका अनुसार आवेदन दिएकामध्ये ९ लाख आवेदकले कम्पनीको १० कित्ताको दरले सेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गर्दा सो आवेदकले १० कित्ताको दरले सेयर पाएका हुन् ।

    इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १४ लाख ७ हजार २३७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ । त्यस्तै, एक लाख ७७ हजार ३ सय जनाको आवेदन भने रद्ध भएको छ ।

    इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

    नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

    जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/  बाट हेर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार