एडल्फ हिटलर २० अप्रिल १८८९ मा जन्मिएका अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए ।
उनलाई विश्वका क्रूर शासकका रुपमा मानिन्छ । उनले क्रुर तानाशाही शासन चलाएका थिए । अमानबिय र गैरनागरिकको अनाहकमा हत्या गरिएको आरोप उनलाई लाखौँ छन् ।
उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र हुन् ।
उनी पहिलो विश्वयुद्धका अनुभवी व्यक्ति हिटलरले आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे ।
चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरेका थिए । आज पनि उनका कतिपय भनाईहरु बिर्सन नसकिने छन् ।
पढौं हिटलरका दर्जन प्रेरक भनाईहरु
[ १ ]
जिन्दगी एउटा खेल जस्तै हो, जहाँ धेरै खेलाडीहरु हुन्छन ।
यदि तपाई उनीहरुसँग खेल्नुभएन भने उनीहरु तपाईसंग खेल्नेछन ।
[२]
तपाई आफुलाई अरुसँग कहिल्लै तुलना नगर्नुहोस ।
यदि त्यस्तो गरिरहनु भएको छ भने आफ्नो अपमान आफैले गरिराख्नु भएको छ ।
[३]
यदि जिन्दगीले तपाईलाई सय पटक रुवाउछ भने जिन्दगीमा मुस्कुराउनको लागि तपाई सँग सय वटा कारणहरु छ भनेर देखाउनुहोस ।
[४]
यदि तपाई सुर्य जस्तै चम्किरहन चाहनु हुन्छ भने तपाइले सुर्य जस्तै जल्न (निरन्तर लगाब) सिक्नुहोस ।
[५]
जिन्दगीमा जुनसुकै निर्णय लिन अघि सय पटक सोच्ने गर्नुहोस । तर यदि निर्णय लिईसक्नुभएको छ भने कदापि पछी नहट्नुहोस ।
[६]
तपाई सपना देख्न सक्नुहुन्छ भने देखेको सपना पूर्ण गर्न अबश्य सक्नुहुन्छ, आफु माथि बिश्वास गर्नुहोस ।
[७]
संसारमा महत्त्व सधै जितको हुन्छ, सत्यको होइन ।
पिडा सम्झेर रुन बन्द गर्नुहोस किनकि त्यो भैसक्यो, अब मुस्कुराउन सुरु गर्नुहोस ।
[८]
युद्ध गर्नुहोस तर प्रेम नगर्नुहोस किनभने युद्धमा तपाइ कि बाच्नुहुन्छ कि त मर्नुहुन्छ, तर प्रेमले न बाँच्न दिन्छ न त मर्न दिन्छ।
[९]
बाँच्न लायक उही हुन्छ जो सधै मर्न तयार हुन्छ ।
जीवनमा बहुमतले मुर्खको मात्र होइन डरपोकको पनि प्रतिनिधित्त्व गरेको हुन्छ ।
[१०]
कुनै पनि मानिसले अरुलाई मुर्ख बनाउन खोज्दा आफु पनि मुर्ख बनिरहेको हुन्छ ।
[११]
म राजनीति सिकाउँदैन, मेरो उदेश्य राजनीतिले मलार्इ सिकाओस ।
[१२]
जब दुई देश बीच राजनीति सकिन्छ तब ति बीच युद्ध सुरु हुन्छ ।
[१३]
शक्तिशाली व्यक्ति आफ्नो बाटोमा सधै एक्लो हुन्छ ।
[१४]
तपाई उज्यालोमा हुँदा सबैले पछ्याउने छन् तर तपाई अध्यारोमा हुँदा आफ्नै छाँयाले समेत पछ्याउने गर्दैन ।