images
images

मेयर बालेनको सचिबालयको विज्ञप्ति : ७ मिनेट गाडीलाई सडक किनारमा राखेर सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार !

मेयर बालेनको सचिबालयको विज्ञप्ति : ७ मिनेट गाडीलाई सडक किनारमा राखेर सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार !

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • मेयर बालेनको सचिबालयको विज्ञप्ति : ७ मिनेट गाडीलाई सडक किनारमा राखेर सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार !
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा विभाजित बन्यो । शनिबार राति यस्तो अभिव्यक्ति दिएका उनको समर्थन र विरोधमा सामाजिक सञ्जालमा विभिन्न मतहरू व्यक्त भए । आगोसरी फैलिएको उनको यस्तो अराजक अभिव्यत्तिले प्रशासन तथा सिंहदरबारमै हलचल ल्यायो । तर, हिजो भदौ १६ गते बेलुका ७ बजेतिर सुत्केरी अवस्थामा रहेकी मेयर बालेनकी श्रीमती सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता  देखिएकोले सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा महानगरपालिकाको गाडी प्रयोग गरिएको मेयर शाहको सचिबालयले जनाएको छ । 

    आइतबार विज्ञप्ति जारी गर्दै जटिल समयमा सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग भएको जनाएको छ ।

    तर, कोटेश्वरस्थित बिच सडकमा रातको करिब ९ बजेतिर ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्ने क्रममा अनावश्यक केरकार गरेर संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखेको आरोप मेयर शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् । करिब ७ मिनेट गाडीलाई सडक किनारमा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको उनको आरोप छ । 

    विज्ञप्तिका अनुसार सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको  विषय समेत अनुरोध गरेका थिए । 

    नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको उनको आरोप थियो । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको  विज्ञप्तिमा भनिएको छ । 

    तर, विभिन्न सञ्चार माध्यममा काठमाडौँ महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन÷प्रसारण भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको मेयर बालेनले बिज्ञप्तिमार्फत उल्लेख गरेका छन् । 

    “प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,” विज्ञप्तिमा उल्लेख छ, “सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ ।” 

    कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको उनको आरोप छ । 

    आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिने, कुनै ठुलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी रहेको बालेनको भनाइ छ । 

    यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट समेत गरेको छ ।

    “गलत आचरण भएका केही प्रहरीहरूमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौँ,” सचिबालयले भनेको छ । 

    मिडिया क्षेत्रलाई यस्ता विषयमा समाचार सङ्कलन, प्रकाशन प्रसारण गर्नुअघि मानवीयताका कोणबाट विषयलाई हेर्न, यसले व्यक्ति तथा परिवारको मानसिक अवस्थामा पार्ने नकारात्मक असरप्रति पूर्वानुमान गर्न अनुरोध समेत स्वकिय सचिब भुपदेव शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार