images
images

नेपाल महिला चेम्बरको सहकार्यमा रिशिका जालानको चित्रकला प्रदर्शनी

नेपाल महिला चेम्बरको सहकार्यमा रिशिका जालानको चित्रकला प्रदर्शनी

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • नेपाल महिला चेम्बरको सहकार्यमा रिशिका जालानको चित्रकला प्रदर्शनी

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरको सहकार्यमा चित्रकला प्रदर्शनीको उद्घाटन गरिएको छ । भदौ १६ गतेदेखि १८ गतेसम्म सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा आयोजना हुने नेपाल महिला चेम्बरको सदस्य तथा कलाकार रिशिका जालानबाट सृजना गरिएको चित्रकला प्रदर्शनीको उद्घाटन नेपाल महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले गरेकी हुन् । 

    images
    images

    उक्त अवसरमा चित्रकलाले मानवीय संवेग तथा सामाजिक रूपान्तरणको लागि सन्देश प्रवाहित गर्ने भएकोले यसको महत्त्व रहेको उनले बताइन् । 

    महिला आयोगले महिला कलाकारको क्षमता विकासका निमित्त बिभिन्न कार्यक्रमहरू  सञ्चालन गरिरहेको बताउँदै सदस्य पौडेलले महिला कलाकार रिशिका जालानद्वारा प्रदर्शित उनको चौथो संस्करणका चित्रकला प्रदर्शनीको सफलताको कामना गरिन् । 

    उक्त अवसरमा नेपाल महिला चेम्बरका महासचिव लिमा अधिकारी तथा कला प्रेमीहरूको उपस्थित रहेको थियो ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार