images
images

लक्ष्मी क्यापिटलको वार्षिक साधारण सभा असोज ७ गते, लाभांश वितरणसहित यी प्रस्ताव पारित गरिने

लक्ष्मी क्यापिटलको वार्षिक साधारण सभा असोज ७ गते, लाभांश वितरणसहित यी प्रस्ताव पारित गरिने

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    लक्ष्मी क्यापिटलको वार्षिक साधारण सभा असोज ७ गते, लाभांश वितरणसहित यी प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १५औं वार्षिक साधारण सभा असोज ७ गते गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ १५ गते बसेको बैठकले सभाको मिति र स्थान तय गरेको हो । 

    images
    images

    सभा लक्ष्मी सनराइज बैंक लिमिटेड, लक्ष्मी कम्प्लेक्स, हात्तिसार, काठमाडौँमा दिनको ४ बजे  सुरु हुने कम्पनीले जनाएको छ । 

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

    यस वर्ष ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा नगद लाभांशको रुपमा वितरण गर्ने भएको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

    लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड मर्जमा जाने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्दै आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार