images
images

यी हुन् कान्तिपुर टीभीसहित प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका १२ कम्पनी, कुनको कति कित्ता ?

यी हुन् कान्तिपुर टीभीसहित प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका १२ कम्पनी, कुनको कति कित्ता ?

१२ कम्पनीले आईपीओ निष्कासनका लागि विभिन्न समयमा निवेदन दिएर सेबोनको स्वीकृतिको पर्खाइमा छन् ।

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • यी हुन् कान्तिपुर टीभीसहित प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका १२ कम्पनी, कुनको कति कित्ता ?

    काठमाडौँ / विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर निष्कासनको तयारीमा रहेका छन् । 

    images
    images

    १२ कम्पनीले आईपीओ निष्कासनका लागि विभिन्न समयमा निवेदन दिएर सेबोनको स्वीकृतिको पर्खाइमा छन् । सेबोनका अनुसार १२ कम्पनीहरूले दुई अर्ब ५० करोड ४४ लाख ८४ हजार चार सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । 

    आईपीओका लागि पाइप लाइनमा रहेका कम्पनीहरूमा औषधि उत्पादक कम्पनीदेखि हाइड्रोपावरसम्म रहेका छन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओ निष्कासनका लागि थप प्रक्रिया अघि बढ्नेछ । 

    कुन कम्पनीको कति कित्ता ?

    हिमस्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । यो कम्पनीले २०८० जेठ ३१ गते बोर्डमा आवेदन दिएको हो । 

    त्यस्तै, आइएमई लिमिटेड १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको पाइप लाइनमा रहेको छ भने दरमखोला हाइड्रोपावरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता रहेको छ । 

    त्यस्तै, सेबोनका अनुसार  डिस मिडिया नेटवर्क लिमिटेड कम्पनी पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्कासन गर्नेछ । यता कान्तिपुर टेलिभिजन नेटवर्क पनि सात करोड ५० लाख रुपैयाँ बराबरको ७५ हजार कित्ता आईपीओ ल्याउन सेबोनको पर्खाइमा रहेको छ ।

    कम्पनीको नाम

    शेयर संख्या जारी रकम

    हिमस्टार ऊर्जा कम्पनी

    ११ लाख १९ हजार कित्ता ११ करोड १९ लाख रुपैयाँ

    आइएमई लिमिटेड

     १० लाख कित्ता १० करोड 
    दरमखोला हाइड्रोपावर

    ३९ लाख ५० हजार कित्ता

    ३९ करोड ५० लाख रुपैयाँ

    डिस मिडिया नेटवर्क

    एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ

    कान्तिपुर टेलिभिजन नेटवर्क

    ७५ हजार कित्ता सात करोड ५० लाख रुपैयाँ

    रिलायबल स्पिनिङ मिल्स

    सात लाख ७० हजार ६४० कित्ता                ----------------

    सर्वोत्तम सिमेन्ट

    २४ लाख कित्ता                ----------------

    मुक्तिनाथ कृषि कम्पनी

    १४ लाख कित्ता १४ करोड रुपैयाँ 

    नेपाल वायर हाउस

    १३ लाख ७५ हजार कित्ता १३ करोड ७५ लाख रुपैयाँ

    ट्रेड टावर

    ११ लाख ५८ हजार ९८० कित्ता ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ 

    एक्वर्ड पाराफार्मासिटिकल्स

    ७० लाख ६ हजार ९०९ कित्ता ७० करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ

    सानिमा हाइड्रोपावर कम्पनी

    ४ लाख ७० हजार कित्ता  १४ करोड ७० लाख रुपैयाँ

    रिलायबल स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङबाट आईपीओ ल्याउने भएका छन् । रिलायबल स्पिनिङले सात लाख ७० हजार ६४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता आईपीओ ल्याउने भएका हुन् । 

    त्यस्तै, नेपाल वायर हाउस कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता र एक्वर्ड पाराफार्मासिटिकल्स लिमिटेड ७० करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७० लाख ६ हजार ९०९ कित्ता आईपीओ ल्याउन सेबोनको अनुमतिको पर्खाइमा रहेको छ ।

    यसका साथै सानिमा हाइड्रोपावर कम्पनी पनि १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न पाइप लाइनमा रहेको सेबोनेले जनाएको छ । 

    साथै मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ ल्याउन लागेका छन् ।आइपिओ निष्कासनको लागि अनुमति दिएको विभिन्न कम्पनीहरू मध्ये मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएको डेढ वर्ष बितिसक्दा पनि अनुमति पाएको छैन । यो कम्पनीले २०७८ फागुन २० गते बोर्डमा आईपीओ निष्कासनका लागि  निवेदन दिएको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

    हालसम्म पनि यो कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको छैन । तर, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न चाहने कम्पनीले भने लगातार आईपीओ निष्कासन गरिरहेका छन् ।

    गत असारमा मात्रै ५ कम्पनीले आइपिओ निष्काशन गर्नको लागि ५ कमपनीले बोर्डबाट अनुमति पाएको थियो । उक्त समयमा बोर्डले हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  

    बोर्डले असार १७ गते हाथवे इन्भेष्टमेन्ट लिमिटेडलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो भने असार १८ गते मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर लिमिटेडलाई अनुमति दिएको हो भने सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीलाई आज असार १९ आइपीओ निष्काशनको अनुमति दिएको हो । हाल सिटिजन लाइफ इन्स्योरेन्सले पनि आईपीओ प्रतिकित्ता २४४ रुपैयाँमा निष्कासन गरिरहेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिने अवधि भदौ १९ गतेसम्म रहने छ । 

    यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले भने सर्वसाधारणमा आईपीओ निष्काशन गरेर पनि गत शुब्रकार (भदौँ १५ गते) बाँडफाँट गरेको छ । कम्पनीको आईपीओ ७ लाख ६८ हजार जना आवेदकहरूले मात्र १० कित्ताका दरले हात पारेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार