images
images

रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ

रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ
    फाइल फोटो

    रसुवा / अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् ।

    images
    images

    जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरुङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । 

    सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार