images
images

मन्त्री सुदन किरातीले भने  – ‘माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू संकटमा परेको हो’

मन्त्री सुदन किरातीले भने  – ‘माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू संकटमा परेको हो’

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • मन्त्री सुदन किरातीले भने  – ‘माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू संकटमा परेको हो’

    माओवादी कमजोर हुँदा हामीले नै लडेर स्थापित गरेका उपलब्धिहरू संकटमा परपर्दै गएका

    images
    images

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेकपा माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धिहरू संकटमा परेको बताएका छन् । 

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहका मन्त्री किरातीले मोरङको बेलबारीमा पार्टीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू संकटमा परेको बताएका हुन् । 

    मन्त्री किरातीले भने, ‘हामी माओवादी कमजोर हुँदा हामीले नै लडेर स्थापित गरेका उपलब्धिहरू संकटमा पर्दै गएका छन् । आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र उत्पीडित वर्गलाई समाजले पुरानै शैलीमा विभेद गर्न थालेको छ । यसको मूल कारण माओवादी कमजोर हुनु हो ।’

    मन्त्री किरातीले जनता नै माओवादीको आधार भएको वास्तविकता बिर्सँदै माओवादीका नेता कार्यकर्ताले जनतासँगको सम्बन्ध कायम गर्न नसक्दा जनता र माओवादीको सम्बन्ध बिग्रेको समेत बताएका छन् । 

    उनले भने, ‘हामी जरा छोडेर फूलको वासनामा मात्र रमाउन थाल्यौ त्यसैले जनतासँग हाम्रो सम्बन्ध राम्रो हुन सकेन । ०६४ को त्यत्रो ठूलो शक्ति आज ३२ सिटमा खुम्चनु परेको छ । यसको मूल कारण माओवादी आफै हो । जनतासँग सम्बन्ध कायम राख्न नसक्नु हो ।’

    मन्त्री किरातीले जनतासँग सम्बन्ध सुधार गर्दै जाने हो भने माओवादीले तत्कालै पालुवा फेर्ने र जनताका स्थापित हक अधिकारहरू सुरक्षित गर्न सक्नेसमेत बताएका छन् । पार्टीले जनतासँग सम्बन्ध सुधार र पार्टी निर्माणकै लागि अभियान सुरु गरेको भन्दै मन्त्री किरातीले पार्टीले अब छिट्टै नै पालुवा फेर्ने र जनताको पक्षमा बलियोसँग काम गर्ने बताए ।

    मन्त्री किरातीले भने, ‘हामी जनतासँग पुरानै सम्बन्ध सुधार गर्न जनताकै घर आँगनमा पुगेका छौँ । अब जनताको सुख र दुःखमा सँगै हुने छौँ । अब हामीलाई बिग्रने छुट छैन, जनतासँग टाढा हुने छुट छैन त्यसैले अब माओवादीले पालुवा फेर्छ । र, जनताका अधिकारहरू सुरक्षित हुन्छन् ।’

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई जनयुद्धजस्तै महान् र कठोर संघर्ष रहेको भन्दै मन्त्री किरातीले भ्रष्टहरूलाई जेल कोचेर सरकारले देश र जनताका लागि सुशासनको महान् अभियान थालनी गरेको बताए । 

    मन्त्री किरातीले भने, ‘सत्तामा पुगेर हामीले सानो संघर्ष गरिरहेका छैनौँ । ठूला ठूला भ्रष्टाचार काण्डका फाइलहरू पल्टाएका छौँ । भ्रष्ट नेताहरूलाई जेल कोचिएको छ । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन तस्करी जस्ता काण्डहरूमा सरकारले चालेको कदम सामान्य छैन । यो सुशासनको लडाइँ हो । यो लडाइँ पनि हामी जनताकै साथ लिएर जित्ने छौँ ।’

    अभियानका क्रममा मन्त्री किरातीले बेलबारी नगरपालिकाको वडा नम्बर ३ मा जिम्मेवारी पाएका छन् । शुक्रवार बेलबारी पुगेका मन्त्री किरातीले शनिवार बिहानै बेलबारी बहुमुखी क्याम्पसहित आसपासका धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमा वृक्षारोपण गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार