images
images

४६ औँ इफाप्का : विदेशी अतिथिहरूलाई निम्तो दिन महासंघका उपमहासचिव मनिलामा

४६ औँ इफाप्का : विदेशी अतिथिहरूलाई निम्तो दिन महासंघका उपमहासचिव मनिलामा

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • ४६ औँ इफाप्का : विदेशी अतिथिहरूलाई निम्तो दिन महासंघका उपमहासचिव मनिलामा

    काठमाडौँ / नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा सङ्गठन (इफाप्का)को ४६ औँ सम्मेलनको तयारी तिव्र पारिएको छ । यसैक्रममा सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने क्रम शुरु भएको छ । 

    images
    images

    सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजक रहेका महासंघका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले फिलपिन्सको राजधानी मनिला पुगेर अतिथिहरूलाई सम्मेलनको लागि निमन्त्रणा हस्तान्तरण गरेका छन् ।  

    घिमिरेले फिलिपिनी कन्स्ट्रक्सन एसोसिएसनका अध्यक्ष रोनाल्डो एलिपानो, कार्यकारी निर्देशक इबारा ब्यारी जी. पोउलिन्हो, इफाप्काका कार्यकारी निर्देशक लेभी भी. एसपिरितु, इफाप्कका सचिवालयकी मेलोडी डियोनिसियो लगायतलाई मनिलामा भेटी सम्मेलनका लागि आमन्त्रण गरेका हुन् । 

    भेटमा घिमिरेले इफाप्कालाई अझ सशक्त सङ्गठन बनाउने विषयमा पनि विस्तृत छलफल गरेका छन् । इफाप्काको मुख्यालय समेत रहेको मनिलामा भएको छलफलमा घिमिरेको साथमा निर्माण व्यवसायी अक्कल बहादुर तामाङ पनि रहेका थिए । 

    इफाप्कासहित फिलिपिनी कन्स्ट्रक्शन एसोसिएसनका  पदाधिकारीहरूसँग घिमिरेले ४६ औं सम्मेलनलाई भव्य रूपमा सफल बनाउन नेपालले गरिरहेको तयारीबारे अवगत गराउनु भएको छ ।

    इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौँमा आयोजना हुँदैछ । हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको भूमिकामा रहनु भएको छ । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन् । 

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार