काठमाडौँ / सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुद्देश्यीय सहकारीले ठुला बचतकर्तालाई ४५ करोड बराबरको १६५ वटा घडेरी पास गरि दिएको छ । सहकारीले २०८० साल भदौ ८ गते तेश्रो चरणको घडेरी वितरण कार्य सम्पन्न गरेको संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
दुई २ बर्षदेखि आर्थिक समस्यामा परेको सहकारीले करिव ७ अर्ब ५० करोड बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ४५ करोड जग्गा गरी ७ अर्ब १५ करोड फिर्ता गरिसकेको बताएको छ ।
अब बचतकर्ताको फिर्ता गर्न बाँकी रकम ३५ करोड र सोको ब्याज मात्र रहेको सहकारीले सो रकम समेत छिट्टै वितरण गरिने बताएको छ । ललितपुरमै थुप्रै सहकारी समस्याग्रस्त परिरहेको बेला आफुहरूले छिट्टै सहकारीलाई समस्यामुक्त गराएर देशकै उदाहरणीय बन्ने अध्यक्ष चौलागाइले दावी गरे ।
ओरियन्टल र सिभिलपछिको देशकै ठुलो सहकारीमध्ये एक देउरालीले आर्थिक मन्दी र अनेकन समस्याहरूमाझ पनि सहकारीको समस्या हल गर्दै लगेको हो । सहकारीमा समस्या परेपछि देशै छोडेर भाग्ने, गायब हुनेहरूको संख्या धेरै भएका बेला चौलागाइले सहकारीलाई प्राथमिकता राखी सबैको बचत फिर्ता गने उदाहरणीय कार्य गरिरहेका छन् ।
३८ बर्षिया व्यवसायी चाँैलागाईले आयात निर्यात, घरजग्गा, कृषि, शेयरबजार, लिक्वयर जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । सबै क्षेत्रलाई थाती राखेर करिव एक बर्षदेखि उनी देउरालीका बचतकर्ताको बचत फिर्ता गर्न निरन्तर लागि परेका छन् ।
आफ्नो संस्थाको सञ्चालकको नाममा रहेको सम्पत्ति, घरजग्गा, गाडी, सुनचाँदी बेचबिखन गरेको र बैङ्कले आफनो ब्यवसायमा लगानी गरेको करिव ४ अर्ब नगद गरी ६ अर्ब १५ करोड बचतकर्तालाई नगदै फिर्ता गरेका छन् ।
त्यसैगरी ललितपुर चापागाउँको ३३ वटा घडेरी, सुनसरी इनरूवाको २३ वटा घडेरी, नवलपरासी बर्दाघाटको ६५ वटा घडेरी, नवलपरासी रजरको ४४ वटा घडेरी गरी १६५ वटा घडेरी बचतकर्तालाई फिर्ता गरेका हुन् ।
अब छिट्टै अरु पनि घडेरी पास गरी देउरालीले बचतकर्तालाई दिने उल्लेख गरेको छ । बाँकी बचतकर्ताहरूलाई विभिन्न निकायमा उजुरी बाजुरी गरेर दुःख नदिइ धैर्यता गर्न सहकारीले अनुरोध समेत गरेको छ ।
त्यसरी उजुरी बाजुरी गर्नेहरूलाई पनि सो फिर्ता गरी जग्गा लिई आफ्नो बचत सुरक्षण गर्न अनुरोध गरेको छ । आर्थिक मन्दीको बेला नगद दिन कठिनाइ भएकाले विभिन्न क्षेत्रका उचित मूल्यका घर घडेरी लिइ बचत सुरक्षण गर्न देउरालीले अनुरोध गरेको हो ।
अध्यक्ष चौलागाइले बैंक तथा वित्तिय संस्थाहरूलाई देउरालीको बचतकर्ताको बचत फिर्ता सम्पूर्ण रूपमा नभएसम्म लिलाम बढाबढका काम अघि नबढाउन अनुरोध गरेका छन् ।
सोको लागि आफुले राष्ट्र बैंकलाई समेत पत्राचार गरेको अध्यक्ष चौलागाइले बताएका छन् । उनले सहकारीबाट ऋण लिएकाहरूलाई, संस्थाको पैसा अपचलन गरेका कतिपय कर्मचारीहरूलाई र मिटरब्याजमा पैसा असुलेकाहरूलाई समेत रकम फिर्ता गर्न अनुरोध गरेका छन् ।