images
images

यी हुन् प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका १२ कम्पनी, कुनको कति कित्ता ?

यी हुन् प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका १२ कम्पनी, कुनको कति कित्ता ?

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • यी हुन् प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका १२ कम्पनी, कुनको कति कित्ता ?

    काठमाडौँ / विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर निष्कासनको तयारीमा रहेका छन् । 

    images
    images

    १२ कम्पनीले आईपीओ निष्कासनका लागि विभिन्न समयमा निवेदन दिएर सेबोनको स्वीकृतिको पर्खाइमा छन् । सेबोनका अनुसार १२ कम्पनीहरूले दुई अर्ब ५० करोड ४४ लाख ८४ हजार चार सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । 

    आईपीओका लागि पाइप लाइनमा रहेका कम्पनीहरूमा औषधि उत्पादक कम्पनीदेखि हाइड्रोपावरसम्म रहेका छन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओ निष्कासनका लागि थप प्रक्रिया अघि बढ्नेछ । 

    कुन कम्पनीको कति कित्ता ? 

    हिमस्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । भने आइएमई लिमिटेड १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको पाइप लाइनमा रहेको छ भने दरमखोला हाइड्रोपावरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता रहेको छ । 

    त्यस्तै, सेबोनका अनुसार  डिस मिडिया नेटवर्क लिमिटेड कम्पनी पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्कासन गर्नेछ । यता कान्तिपुर टेलिभिजन नेटवर्क पनि सात करोड ५० लाख रुपैयाँ बराबरको ७५ हजार कित्ता आईपीओ ल्याउन सेबोनको पर्खाइमा रहेको छ ।

    रिलायबल स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङबाट आईपीओ ल्याउने भएका छन् । रिलायबल स्पिनिङले सात लाख ७० हजार ६४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता आईपीओ ल्याउने भएका हुन् । साथै मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ ल्याउन लागेका छन् । 

    त्यस्तै, नेपाल वायर हाउस कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता र एक्वर्ड पाराफार्मासिटिकल्स लिमिटेड ७० करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७० लाख ६ हजार ९०९ कित्ता आईपीओ ल्याउन सेबोनको अनुमतिको पर्खाइमा रहेको छ ।

    यसका साथै सानिमा हाइड्रोपावर कम्पनी पनि १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न पाइप लाइनमा रहेको सेबोनेले जनाएको छ । 

    कम्पनीको नाम

    शेयर संख्या जारी रकम

    हिमस्टार ऊर्जा कम्पनी

    ११ लाख १९ हजार कित्ता ११ करोड १९ लाख रुपैयाँ

    आइएमई लिमिटेड

     १० लाख कित्ता १० करोड 
    दरमखोला हाइड्रोपावर

    ३९ लाख ५० हजार कित्ता

    ३९ करोड ५० लाख रुपैयाँ

    डिस मिडिया नेटवर्क

    एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ

    कान्तिपुर टेलिभिजन नेटवर्क

    ७५ हजार कित्ता सात करोड ५० लाख रुपैयाँ

    रिलायबल स्पिनिङ मिल्स

    सात लाख ७० हजार ६४० कित्ता                    ----

    सर्वोत्तम सिमेन्ट

    २४ लाख कित्ता                    ----

    मुक्तिनाथ कृषि कम्पनी

    १४ लाख कित्ता १४ करोड रुपैयाँ 

    नेपाल वायर हाउस

    १३ लाख ७५ हजार कित्ता १३ करोड ७५ लाख रुपैयाँ

    ट्रेड टावर

    ११ लाख ५८ हजार ९८० कित्ता ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ 

    एक्वर्ड पाराफार्मासिटिकल्स

    ७० लाख ६ हजार ९०९ कित्ता ७० करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ

    सानिमा हाइड्रोपावर कम्पनी

    ४ लाख ७० हजार कित्ता  १४ करोड ७० लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार