images
images

आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ बर्षा र हावाहुरीको सम्भावना ?

आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ बर्षा र हावाहुरीको सम्भावना ?

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ बर्षा र हावाहुरीको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।

    images
    images

    हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।  

    सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    मङ्गलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाभित्र कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। 

    यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार