images
images

प्राविधिक शिक्षाका लागि क्यानले खुलायो छात्रवृत्ति, सातै प्रदेशका विद्यार्थीलाई समान अवसर

प्राविधिक शिक्षाका लागि क्यानले खुलायो छात्रवृत्ति, सातै प्रदेशका विद्यार्थीलाई समान अवसर

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • प्राविधिक शिक्षाका लागि क्यानले खुलायो छात्रवृत्ति, सातै प्रदेशका विद्यार्थीलाई समान अवसर

    लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र फाउण्डेसनले संयुक्त रूपमा विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति  ‘नेसनल आइसिटी स्कलरसिप-२०८०’ का लागि आवेदन खुला गरेको हो । 

    images
    images

    सूचना प्रविधिको अध्यापन गराउने कलेजहरूको सहयोगमा क्यान महासंघले निम्नबर्गिय एवं जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

    काठमाडौँको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ ।

    ‘नेसनल आइसिटी स्कलरसिप-२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।

     ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगत चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म १ सय १० जना विद्यार्थीहरू अध्ययनरत छन् ।  

    फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना र आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।  

    क्यान महासङ्घ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबिच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि.एस.सी. आइटिको अध्ययन गर्न पाउनेछन् ।

    नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थामा प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घ  र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमा  भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

    छात्रवृत्तिले दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा÷व्यवसाय बनाउन मद्दत पुग्ने क्यान महासङ्घका अध्यक्ष रणजित कुमार पोदारले बताए । 

    क्यान महासङ्घसँगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरूलाई पनि सार्वजनिक–निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार