images
images

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

    काठमाडौँ / नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतिका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ ।

    images
    images

    बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् ।

    उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एवम् कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेशनलाई धन्यबाद दिए । 

    नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनका बिचमा बिगत ३९ बर्षदेखि नेपाली जनाताहरुलाई सहज तथा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्न निरन्तर सहकार्य भइरहेको छ । 

    हाल नेपाल नेत्रज्योति संघले देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नेपाली जनताहरुलाई शुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार