भनिन्छ समय नै पैसा हो । समय धेरै मूल्यबान हुन्छ । समयको सहि सदुपयोगले पैसा कमाउन सक्नुहुन्छ । दैनिक आफ्ना आवश्यकता पुरा गर्न सकिन्छ । पैसा भन्दा आत्मविश्वास ठूलो हो भनिन्छ । पैसा एउटा माध्यम हो तर, आधुनिक समाजमा पैसा ठूलो इज्जत र प्रतिष्ठाको विषय बन्दै गएको छ । ठूलो त तपाई श्रम र लगानी हो । हामीले यस अंकमा दर्जन पैसा सम्बन्धी प्रेरक भनाइहरु राखेका छौं पढौं ।
[१] [राम्रो बानी र राम्रो संगतले तिमीलाई त्यहाँ पुर्याउन सक्छ, जहाँ तिमीलाई पैसाले पनि पुर्याउन सक्दैन ।
[२] पैसा हुनु, तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो।
[३] पैसा कमाउनु ठूलो कुरा होइन । तर, समाजलाई पनि केही योगदान पुग्ने काम गरेर पैसा कमाउनु ठूलो कुरा हो ।
[४] जुन व्यवसायले पैसा मात्र दिन्छ अरु केही दिंदैन, त्यो दरिद्र व्यवसाय हो ।
[५] पैसा भन्दा आत्मविश्वास ठूलो हो ।
[६] तिमीले बचत गरेको एक मोहोर पनि तिम्रो लगानी हो।
[७] पैसा असल नोकर बन्न सक्छ, तर असल हाकिम बन्न सक्दैन ।
[८] तिमी पैसा कमाउनकै लागि काम गर्छौ भने तिमी धनी बन्न सक्दैनौ, धनी बन्नको लागि तिमीले आफूलाई मन पर्ने र आफ्ना ग्राहकलाई सन्तुष्टि दिने काम गर्नुपर्छ ।
[९] समय नै पैसा हो ।
[१०] मेरो लागि सफलता भनेको पैसा होइन । मेरो काम देखेर मानिसहरुमा उत्प्रेरणा जाग्नु, मेरो लागि सफलता हो ।
[११] जो व्यक्तिले आफ्नो आम्दानीभन्दा धेरै काम गर्छ, त्यो व्यक्तिले छिट्टै आफूले गर्ने काम भन्दा धेरै आम्दानी गर्नेछ ।
[१२] पैसा धेरै महँगो छ । धेरै पसिना बगाउनुपर्छ।
[१३] यसरि काम गर कि, मानौं तिमीलाई पैसाको आवश्यकता नै छैन । यसरी नाच कि, मानौं तिमीलाई कसैले हेरेको छैन । यसरी माया गर कि, मानौं कहिल्यै तिम्रो दिल टुटेको छैन