images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी बर्षाको हुने, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी बर्षाको हुने, सतर्कता अपनाउन आग्रह

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी बर्षाको हुने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

    images
    images

    हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। 

    सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा को समेत सम्भावना रहेको छ। 

    शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार